नेपाली कांग्रेसका सांसद सुनिल शर्मा रिहा भएका छन्। शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मा शुक्रबार साँझ रिहा भएका हुन्।
अदालतले ‘तारेखमा राखेर अनुसन्धान गर्नु’ भन्ने आदेश गरेपछि मेडिकल कलेज सञ्चालक समेत रहेका शर्मालाई थुनामुक्त गरिएको हो। कक्षा १२ शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा ब्यूरोले उनलाई बिहीबार पक्राउ गरेको थियो।
आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्देशनमा पक्राउ गरिएको बताउँदै रिहा भएपछि शर्माले भने, 'सुन तस्करका संरक्षकहरू विशेषतः अहिलेको गृहमन्त्री र अर्थमन्त्री उहाँहरूले राजनीनामा दिनुपर्छ। मैले यो मागसहित अनशनको घोषणा गरेको थिएँ। राज्यसत्तामा टिकिरहनका लागि मलाई समातिएको हो। यो ३० वर्ष पुरानो फाइल मलाई तेस्रोपटक गिरफ्तार गरिएको हो।'