धरेल बने एनसिएसएको अध्यक्ष, सचिवमा सञ्जीव गुरुङ र सुजित कँडेल

हरिप्रसाद धरेल नेपाल क्याइम्बिङ स्पोर्टस् एसोसियन (एनसिएसए)को अध्यक्ष बनेका छन्।

बसुन्धारास्थित गोधुली फुडल्यान्डमा शनिबार सम्पन्न एससिएसएको छैठौँ साधारणसभा तथा अधिवेशनले धरेललाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो।

त्यस्तै रमेश पौडेल वरिष्ठ उपाध्यक्ष, सुनारबहादुर गुरुङ र लाक्पा शेर्पा उपाध्यक्षमा तथा सन्तोष मादेन महासचिवमा निर्वार्चित भएका छन्।

त्यसैगरी सचिवमा सुजित कँडेल र सञ्जीव गुरुङ निर्वाचित भएका छन्।

त्यस्तै कान्छी डोमा ह्योल्मो कोषाध्यक्ष, प्रणिल श्रेष्ठ, सहायक कोषाध्यक्ष, अशोक लामा, डोलेन्द्रराज दाहाल, मानराज सिम्खडा, रामकाजी तिवारी, राजेश धरेल, मञ्जु श्रेष्ठ र शिवबहादुर सापकोटा सदस्यमा चयन भएका छन्।

नेपाल ओलम्पिक कमितिका अध्यक्ष जीवनराम श्रेष्ठले नयाँ कार्यसमिती खादा ओढाएर बधाई तथा शुभकामना गरेका थिए। यो संघ नेपालको सहासिक खेल पर्यटन भएकोले सिंगो राष्ट्रको विशेष चासोको रुपमा हेरिएको उनले बताए। ‘अन्तराष्ट्रिय क्षेत्रमा मान्यता दिलाउन र प्रतियोगितामा प्रतिस्पर्धा दिलाउन ओलम्पक कमिटीले सहकार्य गर्ने छ,’ उनले भने।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेल्कुद परिषद्का सदस्य सचिव टंक घिसिङले एउटै क्षेत्रका विभिन्न नाम गरेर संस्था राखेपमा दर्ता गर्न आएको बताउदै त्यसलाई चुस्त बनाउने उनको प्रयत्न रहेको बताए।

एनसिएसए अधिवेशन: उद्घाटनसत्र सम्पन्न, टोखाका मेयरद्वारा जग्गा उपलब्ध गराउने वाचा

प्रकाशित मिति: : 2023-08-12 18:20:00

प्रतिकृया दिनुहोस्