कागबेनीमा बाढीले धर्मशालासहित १० घर बगायो

File Photo
File Photo

मुस्ताङको कागबेनीमा बाढीले प्रहरीचौकीसहित १० घर बगाएको छ।

आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले दिएको जनाएका छन्।

कागखोलामा आएको बाढी कागबेनी बस्तीमा छिरेपछि १० वटा घर–होटल, प्रहरी चौकी, धर्मशाला, जोमसाोम–कोरोरा सडकको पक्की पुल, दुईवटा गाडी बगाएको छ।

झोङ भन्ने स्थानमा पहिरो गई कागखोलामा मिसिएपछि बाढी तल कागवेनी बस्ती पसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले पुष्टि गरेको छ। प्रहरीका अनुसार दुई दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ।

मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २५ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ।

प्रकाशित मिति: : 2023-08-14 07:35:00

प्रतिकृया दिनुहोस्