एएफसी कप: मछिन्द्र र मोहन बगान भिड्दै

एएफसी कप छनोटअन्तर्गत आज नेपालको ए डिभिजन लिग क्लब मछिन्द्र र भारतको मोहन बगान जायन्टबीच प्रतिस्पर्धा हुँदैछ।

खेल भारतको कोलकत्तामास्थित साल्ट लेक रगंशालमा नेपाली समय ७:१५ बाट हुनेछ। यसअघि मछिन्द्रले घरेलु मैदानमा भुटानको पारो एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा पुगेको थियो।

मोहन बगान भारतको बलियो टोली रहेका छन्, जसमा राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीलाई मैदानमा उतार्दै छ।

प्रकाशित मिति: : 2023-08-16 10:31:00

प्रतिकृया दिनुहोस्