फाइनल पुग्न अस्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै

फिफा महिला विश्वकपको फाइनल प्रवेशको लागि अस्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।

आज हुने दोस्रो सेमिफाइनलको खेल नेपाली समयअनुसार पौन ४ बजे हुँदैछ। यसअघि भएको पहिलो सेमिफाइनलको खेलमा स्पेनले स्विडेनलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ।

यता, इंग्ल्याण्ड जारी खेलमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने अस्ट्रेलिया एक खेलमा पराजित भएको थियो।

दुवै टिम पहिलो पटक विश्वकप फुटबलको फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै छन्।

प्रकाशित मिति: : 2023-08-16 10:48:00

प्रतिकृया दिनुहोस्