रसुवाबाट दुई किलो सुन बरामद गरिएकाे छ।
नियमित चेकजाँचका क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलाे सुन बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।
स्याफ्रुवेशी गइरहेका २४ वर्षीया सुदीप शेर्पा शनिबार साँझ पक्राउ परेका थिए। उनलाई त्यो सुन टिमुरीका फुर्साङ्बु शेर्पाले दिएको पाइएपछि शेर्पालाई पनि पक्राउ गरिएको छ।
प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेकाे छ।