अमेरिकास्थित नेपाली राजदूतावासले ट्रिनिडाड एण्ड टोवागो देशमा अलपत्र तीन नेपाली महिलाको उद्धार गरेको छ।
विगत एक महिनाभन्दा बढी समयदेखि अलपत्र सेरसाङ्ग तामाङ्ग, तीर्था लामा वाइवा र याङ्गेन शेर्पालाई त्यहाँको सरकारसँग समन्वय गरी उद्धार गरिएको डिसीस्थित दूतावासले जनाएको छ।
उनीहरु बिहीबार र शनिबार काठमाडौँ पुग्ने दूतावासले जानकारी दिएको छ। दुईतर्फी हवाई टिकट लिएर ट्रिनिडाड पुगेका उनीहरुले त्यहाँ पुगेपछि फिर्ता टिकट रद्ध गरेका थिए। त्यसले उनीहरुको अध्यागमनमा कठिनाई उत्पन्न भएको थियो।
ट्रिनिडाड एण्ड टोवागो सरकार र त्यहाँ रहेका नेपालीले उनीहरुलाई उद्धारमा सहयोग गरेका थिए। अमेरिकास्थित नेपाली दूतावासले पर्यटक भिसामा क्यारिवियन देशमा यात्रा गर्दा उनीहरुले भिसा आवेदनका साथ फारम भर्दा अपनाएको पर्यटक भिसा र अन्य भिसाका लागि आवश्यक प्रक्रिया पूरा गर्न समेत अपिल गरेको छ।