दश दिनदेखि अवरुद्ध भेरी करिडाेर सडक खुल्याे

हिमाली जिल्ला डोल्पा जोड्ने भेरी करिडोरको डोल्पा खण्ड अवरुद्ध भएकाे दश दिनपछि खुलेकाे छ।

त्रिपुरासुन्दरी नगरपालिका-५ अनारदुलामा माथिबाट खसेकाे सुख्खा पहिराेकाे कारण अवरुद्ध भएकाे सडक दश दिनपछि खुलेकाे हाे।

एक्साभेटर लगाएर पहिरो पन्छाएसँगै सडक खुलेकाे भेरी करिडाेर कार्यालयका प्रमुख सुजन अधिकारीले जानकारी दिए।

सुख्खा पहिरोले सडकसमेत भासिएकाले बाटाे खुलाउन तटबन्धसमेत गरिएकाे उनले बताए।

सडक खुलेपछि जिल्ला भित्रने र बाहिरिने सवारीसाधनहरु आवागमनमा सजिलाे भएकाे यातायात व्यवसायीले बताएका छन्। भेरी करिडाेर कार्यालयले उक्त अवरुद्ध सडक खुलाएको हाे।

प्रकाशित मिति: : 2023-08-22 15:25:00

प्रतिकृया दिनुहोस्