संक्रमण बढेपछि विद्यालयहरुलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह

सरकारले आँखा पाक्ने रोग र डेंगी बढ्न थालेकाे भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ।

विगत केही सातादेखि सातवटै प्रदेशमा आँखा पाक्ने रागका बिरामी बढेर पढाइ अवरुद्ध भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतकाे शिक्षा तथा मावन स्राेत विकास केन्द्रले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो।

केन्द्रका शाखा अधिकृतले प्रकाश कुमार खरेल डेंगी र आँखा पाक्ने जस्ता छिटै फैलिने र विद्यार्थी तथा कर्मचारीहरुको स्वास्थ्यलाई असर पर्ने भएकोले शिक्षक, विद्यार्थी तथा कर्मचारीहरुलाई प्रकोपको अवस्थामा रोकथामका लागि चाल्नुपर्ने उपयुक्त कदमहरुबारे सचेतना जगाउनकाे आग्रह गरेका छन्।

‘आँखा पाक्ने रोग देशभरका जिल्लामा तीव्र गतिमा  फैलिरहेको छ विगत केही सातदेखि सातवाटै प्रदेशमा आँखा पाक्ने रोगका विरामी बढेका छन् भने विद्यालय बन्द हुँदा बालबलिको पढाइ अवरुद्ध भएको छ। यसै सन्दर्भमा डेंगी र आँखा पाक्ने जस्ता छिटै फैलिने र विद्यार्थी तथा कर्मचारीहरुको स्वास्थ्यलाई असर पर्ने भएकोले शिक्षक, विद्यार्थी तथा कर्मचारीहरुलाई प्रकोपको अवस्थामा सो रोगको लक्षणहरु रोकथामका उपायहरु र सुरक्षाका लागि चाल्नुपर्ने उपयुक्त कदमहरुबारे सचेतना जगाउनकाे लागि सही र सान्दर्भिक जानकारीहरू प्रदान गर्नुपर्ने आवश्यकता देखिएकाे छ’, एक सूचनामा उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2023-08-23 18:52:00

प्रतिकृया दिनुहोस्