एकीकृत समाजवादीले तोक्यो महाधिवेशनको मिति 

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीले महाधिवेशनको मिति तोकेको छ। 

बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशनको मिति तोकेको हो। 

पार्टी गठन भएपछि पहिलो पटक महाधिवेशन हुन लागेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।  

त्यस्तै नेकपा एकीकृत समाजवादीले आगामी असोज महिनामा पार्टीको मुद्दाहरु राष्ट्रलाई सुनाउन मेची महाकाली राष्ट्रिय अभियान चलाउने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ।  

प्रकाशित मिति: : 2023-08-24 19:41:00

प्रतिकृया दिनुहोस्