बनस्थलीस्थित विद्युत प्राधिकरणको कार्यालयमा आगलागी (भिडियाे)

बनस्थलीस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा आगलागी भएको छ।

शुक्रबार बिहान प्राधिकरण कार्यालयको तेस्रो तलामा आगो लागेको प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार कार्यालयमा लागेकाे आगो एक घण्टापछि काठमाडौं महानगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिएकाे छ।

विद्युत सर्ट भएर आगो लागेकाे हुनसक्ने अनुमान गरिएकाे छ। 

प्रकाशित मिति: : 2023-08-25 11:46:00

प्रतिकृया दिनुहोस्