हिमाली जिल्ला डाेल्पाकाे सदरमुकाम दुनै-त्रिपुराकाेट जाेड्ने सडकखण्ड पहिराेले अवरुद्ध भएपछि स्थानीय यातायात समिति र ट्राफिक प्रहरी मिलेर पन्छाएका छन्।
अविरल बर्षातका कारण शुक्रबार बिहान उक्त सडकखण्डकाे सुँपानीमा खसेकाे पहिराे यातायात समिति, ट्राफिक प्रहरी र सवारी चालक मिलेर पन्छाएका हुन्।
पहिराे खसेपछि बिहान करिब एक घन्टा सडक अवरुद्ध भएकाे र पन्छाएपछि सवारीसाधन पास भएकाे ट्राफिक प्रहरी झलनाथ वलीले जानकारी दिए।
यससँगै यातायात समितिका वसन्त उदास, विकास बाेहाेरालगायतकाे टाेली र ड्राइभरकाे टाेलीले पहिराे पन्छाउन सक्रिय भूमिका निभाएकाे वलीले बताए।
यस क्षेत्र खसेका ठुला पहिरा बाहेक सानातिना पहिरो यातायात समिति र ट्राफिक आफैँले पन्छाउँदै आएका छन्।