कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा विस्तार गर्नेबारे सम्झौता भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच दुई संस्थाबीच सम्झौता भएको हो।
स्वास्थ्यमन्त्रीमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख उपस्थिती रहेको सो कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर समेत भएको थियो।
उक्त समझदारी पत्रमा कर्णाली प्रदेशका जनतालाई बृहत आँखा उपचार सेवा उपलब्ध गराउन तिलगङ्गा आँखा प्रतिष्ठानले कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने सम्झौता भएको छ।
‘दुई प्रतिष्ठानबीचको सहकार्यले कर्णाली प्रदेशका गरिब, विपन्न, निमुखा र अप्ठ्यारामा परेका नागरिकले आँखाको सहज उपचार पाउनेमा हामी विश्वस्त छौँ। मन्त्रालयले गर्न सक्ने सबै सहयोग र सहजीकरण गर्न तयार छ’ मन्त्री मोहनले भने।
तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक एवं निर्देशक डा सन्दुक रुइतले कर्णाली स्वास्थ्य प्रतिष्ठानअन्तर्गतलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाए।
उनले प्रतिष्ठानअन्तर्गत नेत्र रोग उपचार विभागलाई सशक्त बनाउँदै समग्र कर्णाली प्रदेशमा आँखा उपचार सेवालाई विस्तार गर्ने बताए।