उपचारमा सकियो ९५ लाख
दाङका जमान सिंह पुन क्यान्सर रोगका कारण विगत पाँच वर्षदेखि अस्पतालमा छन्।
फोक्सो र मस्तिस्कमा क्यान्सर देखिएपछि ४९ वर्षीय पुन भारतको राजिवगान्धी क्यान्सर अस्पतालमा उपचाररत छन्।
विगत पाँच वर्षदेखि उपचार गर्दा ९५ लाख सकिएको छ। तर अझै क्यान्सर रोग निको भएको छैन। अस्पतालले थप उपचार गर्ने हो भने रोग कम हुँदै जाने भनेको छ। तर अहिले उपचारका लागि आर्थिक अभाव भएको छ।
आर्थिक अभाव भएपछि उपचारमा समस्या भएको पुनले बताए। उनले भने, ‘अहिलेसम्म जसोतसो उपचार गराइरहेको छु। अब थप उपचार गर्नको लागि मेरो आर्थिक अवस्थाभन्दा माथि भएकोले थप उपचार गर्नका लागि हैसियत छैन। सक्नुहुनेले मेरो प्राण बचाउन सहयोग गर्नुहुने आशा लिएको छु।’
घोराही उपमहानगरपालिका–१८ फुर्सेखाली बस्ने पुन समाजसेवी पनि हुन्। उनी लुगुम्याल खाम समाज दाङका सल्लाहकार हुन्। पुनको घरमा कमाउने कोही छैन।
सहयोका लागि उनले बैंक र खाना नम्बर दिएका छन्।
बैंक : ग्लोबल आईएमई बैंक दाङ, घोराही शाखा।
नाम : जमान सिंह पुन
बैंक खाता : ३१६०७०१०००४४५२