प्रधानमन्त्रीको भ्रमणमा डोल्पाका नाका खुलाउने विषयमा कुरा हुन्छ: नेता बिष्ट

राष्ट्रियसभा सदस्य नरबहादुर बिष्टले उपल्लो डोल्पामा रहेका मोरिम र क्याटो नाका खुलाउने विषयमा कुरा हुने बताएका छन्।

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका बिष्टले बुधबार जिल्ला सदरमुकाम दुनैमा पत्रकारहरुसँग कुरा गर्दै पाँच वर्षसम्म नाका नखुल्दा उपल्लो डोल्पाका नागरिकलाई दैनिक उपभोग्य सामाग्री लगायतका कुरामा समस्या परेको बताए।

यस विषयमा आफुले राष्ट्रियसभामा कुरा पनि उठाएको र आफू डोल्पा आउनुभन्दा अघि प्रधानमन्त्रीलाई भेटेर आसन्न चीन भ्रमणका क्रममा डोल्पाका नाका खोल्न कूटनीतिक पहल गरिदिन आग्रहसमेत गरेको उनले बताए।

केन्द्रीय पार्टीले सुरु गरेको घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नारासहितको तीन महिने अभियानका लागि डोल्पा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका बिष्टले यो अभियानका क्रममा माओवादीले गरेका राम्रा कामको प्रचार प्रचार गर्ने र नराम्रा कामको आत्मलोचना गर्ने बताए।

नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्षसमेत रहेका प्रचण्ड नेतृत्व गठबन्धनको सरकारले धमाधम राष्ट्रियस्तरकमा भ्रष्टाचारीलाई जेल कोच्न थालेपछि नक्कली भुटानी शणनार्थी, यती, आृेम्नी, गिरिबन्धु, बालुवाटार जग्गा, सुन काण्डमा मुछिएको एमालेको सातो आराेप लगाए।

‘अब देशलाई भ्रष्टाचारमुक्त देश बनाउनु पर्नेबेला छ, यो सरकारले आफ्ना पराइ भन्नेवाला छैन, प्रहरीले दबाबरहित वातावरणमा निष्पक्ष अनुसन्धान गर्छ, माओवादी पार्टीकै ठुला नेता जोडिएपनि छोड्ने वाला छैन’, उनले भने।

जनताले कुन पार्टी ठीक भन्नेकुरा ठम्याइसकेकाले आगामी निर्वाचनमा देश माओवादीमय हुने उनको भनाइ छ।

त्यसैगरी पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कर्णाली सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले व्यक्ति खुशी पार्ने टुक्रे योजना हाल्न नसकिने भएकाले डोल्पा र डोल्पालीको भविष्यसँग जोडिएका जगदुल्ला हाइड्रो पावर, भेरी करिडोरलगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको बताइन्।

पत्रकारको प्रश्नमा आफू डोल्पामात्र नभई दश जिल्लाको मन्त्री भएकाले बजेटमा धेरै थोरै होला तर आफ्नो जिल्लाका योजना काटेर अन्यत्रै हालियो भन्ने कुराको कुनै सत्यता नभएको प्रष्ट पारिन्।

पूर्वमन्त्री तथा कर्णाली प्रदेश सभा सदस्या बिरबहादुर शाहीले पनि पत्रकारसँग कुरा गर्दै आफुले सानातिना टुक्रे योजनाभन्दा ठोस योजनामा ध्यान दिएको बताए।

भेरी करिडोरअन्तर्गत पर्ने ल्यासीक्याप सिसौल सडक निर्माणको काम नेपाली सेनालाई दिन डोल्पाका जनप्रतिनधिहरुद्वारा परराष्ट्रमन्त्रीसँगै प्रधानमन्त्रीसँग समेत पहल भएको बताए।

त्यतिमात्र नभई आफूले पहिलो कार्यकालयमै आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सम्पूर्ण विद्यालयमा भवन, फोरजी टावर निर्माण र जगदुल्ला हाइड्रोपावर निर्माणमा सहज तुल्याउन त्रिवेणीदेखि इलसम्मको सडक र पुल निर्माणकालगि काम अघि बढाएको समेत उनको भनाइ छ।

पत्रकार सम्मेलनमा बोल्दै नेताहरुले डोल्पाका प्रत्येक जनतासँग माओवादी नेताहरुले आत्मसमीक्षा गर्ने बताए।

प्रकाशित मिति: : 2023-08-30 17:41:00

प्रतिकृया दिनुहोस्