एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ।
बुधबार मुलतान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ४ विकेट गुमाउँदै ३४२ रन बनायो। पाकिस्तानको लागि कप्तान बाबर अजमा रईफ्तिखार अहमदले शतक प्रहार गरे। अहमदले १०९ रन बनाए भने बाबरले १५१ रन बनाएर आउट भए।
पाकिस्तानको ओपनर इमाम उलहकलाई रनआउट भएका थिए भने अर्का ओपनर फकहर जमान १४ रन बनाएर आउट भएका थिए। यता, मोहम्मद रिजवानलाई सन्दीप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका थिए।
त्यस्तै, सलमानलाई सन्दीपले कुशल भुर्तुलको हातबाट क्याच आउट गराएर पाकिस्तानको चौथो विकेट पतन गराएका थिए। १५१ रन बनाएर खेलीरहेका बाबरलाई सोमपाल कामीले आउट गरे। त्यस्तै, छैटौँ नम्बरमा क्रिजमा आएका सादाब खानलाई पनि सोमपाले आउट गरे।
यता, नेपालको लागि सोमपाल कामीले दुई विकेट लिए भन सन्दीप लामिछाने, करण केसी, र कप्तान रोहित पौडेले र समान एक एक विकेट लिए।