त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्क फिर्ता लिएको छ। आन्दोलनरत विद्यार्थी र संस्थानबीच बुधबार भएको सहमतिमा शुल्क फिर्ता लिने निर्णय भएको हो।
शुल्क वृद्धिपछि इन्जिनियरिङ पढिरहेका विद्यार्थीले आमरण अनशनलगायत आन्दोलन गरेका थिए। बुधबार त्रिविका तर्फबाट उपकुलपति धर्मकान्त बाँस्कोटासहितको टोली र नेविसंघ, अखिल (क्रान्तिकारी)लगायत विद्यार्थी संगठनबीचमा पाँच बुँदे सहमति भएको छ।
सहमतिमा शुल्कवृद्धि फिर्ता लिन इन्जिनियरिङ अध्ययन संस्थानलाई निर्देशन दिने, आमरण अनसन लगायतका सबै आन्दोलनका कार्यक्रम फिर्तालगायतकाे सहमति भएको छ।