बागमती क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

बागमती क्रिकेट संघको अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन्।

उनी शुक्रबार (आज) भएको निर्वाचनमा २३ मत प्राप्त गर्दै विजयी भए। उनको प्रतिस्पर्धीमा उमेश पियाले १४ मत  प्राप्त गरे। 

पारस प्यानलसहित विजयी भएकाे बागमती प्रदेश क्रिकेट संघका पूर्व काेषाध्यक्ष अनिल अधिकारीले बिएल नेपाली सेवालाई जानकारी दिए।

१३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना चयन भएको  छन्। पारसको प्यानलबाट उठेका उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन्।

सदस्यहरुमा अजयराज पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, हिरक श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्त राज सत्यालले पनि समान २३ मत ल्याएर विजयी भएका छन्।

प्रकाशित मिति: : 2023-09-01 18:42:00

प्रतिकृया दिनुहोस्