महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ।
भुटानमाथि नेपालको जितसँगै नेपाल सेमिफाइनलको नजिक पुगेको छ। भुटानले दिएको ४० रन पछाउँदै नेपालले १३ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १२ रन लिइन्। नेपालकी कविता जोशीले ९ तथा सीता राना मगरले ८ रन बनाए।
उता, भुटानको लागि अन्जुली घलेले सर्वाधिक तीन विकेट लिइन् । छिरिङ जाङ्मो,सोनम र अन्जु गुरुङले एकरएक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनाएको थियो।
नेपालले अब सोमबार कतारसँग र बुधबार यूएईसँग खेल्नेछ।