भारतविरुद्ध नेपालको सुखद सुरुवात

एसिया कप अन्तर्गत भारतविरुद्धको जारी खेलमा नेपालले सुखद सुरुवात गरेको छ।

श्रीलंकास्थित कोपालेके मैदानमा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो पाएको नेपालले ६ ओभरमा ३३ रन बनाएर खेलीरहेको छ। नेपालको ओपनर कुशल भुर्तेलले एक छक्का र दुई चौका प्रहार गरेका छन्। त्यस्तै, अर्का ओपनर अशिफ शेखले दुई चौक प्रहार गरेका छन्।

समूह ‘ए’मा नेपालसहित आयोजक राष्ट्र पाकिस्तान र भारत रहेका छन्। पहिलो खेलमा नेपाललाई सहजै पन्छाएको पाकिस्तान दोस्रो खेल वर्षाको कारण रद्द हुँदा अंक बाँड्दै ३ अंकसहित सुपर फोमा पुगिसकेको छ।

नेपाल आजको खेलमा भारतलाई पराजित गर्न सकेमात्रै सुपर फोरमा पुग्नेछ। अन्यथा, नेपाल अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिनेछ।

प्रकाशित मिति: : 2023-09-04 15:48:00

प्रतिकृया दिनुहोस्