नेपालको पहिलो विकेट पतन, कुशल भुर्तेल आउट

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले १० ओभरमा एक विकेट गुमाउँदै ६५ रन बनाएको छ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका थिए। तर, नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमायो। नेपालका सुरुआती व्याट्सम्यान कुशल भुर्तेल ३८ रनमा आउट भए। उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए।

अहिले आसिफ शेख र भीम सार्की क्रिजमा छन्।

प्रकाशित मिति: : 2023-09-04 16:01:00

प्रतिकृया दिनुहोस्