सन्दीप लामिछानेविरुद्धको मुद्दा पहिलो पटक महिला न्यायाधीशको इजलासमा, आजै होला त फैसला ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ।

विभिन्न बहानामा पटक–पटक सुनुवाइ स्थगित हुँदै आएको यस मुद्दा पहिलो पटक महिला न्यायाधीशको इजलासमा परेको हो। सन्दीपको मुद्दा कार्कीको इजलासको तेस्रो नम्बरमा रहेको छ।

नाबालिग बलात्कारसम्बन्धीकाे यो मुद्दाको भदौ १० गतेको न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेकाे थियाे। तर, त्यसदिन हेर्न नभ्याइनेमा परेको मुद्दाको भदौ २१ गतेको लागि पेसी तोकिएको हो।

यसबीच लामिछाने पाकिस्तान र श्रीलंकामा एसिया कप खेलेर हिजो (बुधबार)मात्रै नेपाल फर्किएका छन्।

सन्दीपमाथि १७ वर्षीया नाबालिग बलात्कार गरेको आरोप छ।

गत वर्ष काठमाडौँ जिल्ला अदालतको थुनछेक आदेशबाट थुनामा गएका सन्दीपलाई पाटन उच्च अदालतले धरौटीमा छाडेको थियो।

यस मुद्दाको अन्तिम फैसला आजै हुने अनुमान गरिएको छ। संवेदनशील मुद्दा भएकोले यो मुद्दाको चाँडो फैसला गर्न दबाब परेको छ।

प्रकाशित मिति: : 2023-09-07 12:48:00

प्रतिकृया दिनुहोस्