प्रधानमन्त्री प्रचण्डले असोज ४ मा राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने, बाइडेनसँग ‘डिनर’ पनि

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असोज ४ गते संयुक्त राष्ट्र संघको ७८औँ महासभालाई सम्बोधन गर्ने भएका छन्।

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा हुने महासभालाई सम्बोधन गर्ने भएका हुन्। त्यसको लागि प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका प्रस्थान गर्ने छन्।

त्यहाँ रहँदा प्रचण्ड महासभालाई सम्बोधन गर्नुका साथै अमेरिकी राष्ट्रपति आयोजना गर्ने रात्रिभोजमा पनि सहभागी हुने छन्।

प्रधानमन्त्री प्रचण्ड असोज ५ गते त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2023-09-07 17:14:00

प्रतिकृया दिनुहोस्