एसिया कप: भारत र पाकिस्तान खेल्दै

एसिया कप अन्तर्गत सुपर फोरको खेलमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै छ।

आइतबार खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे शुरु हुनेछ। यसअघि समूह चरण अन्तर्गतको खेलमा वर्षाको कारण भारत र पाकिस्तानको खेल रद्द भएको थियो जहाँ दुवै टोलीले समान एक एक अंक बाडेका थिए।

यता, सुपर फोर अन्तर्गत पाकिस्तानले यसअघि बंगलादेशलाई हराएको थियो। भारतले सुपर फोर अन्तर्गको पहिलो खेल आज पाकिस्तानसँग खेल्ने लागेको हो। दु्वै टोली आज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिदैँ छ।

सुपर फोरमा खेलेका १–१ खेलमा जित हासिल गर्दै पाकिस्तान र श्रीलंकाले २–२ अंक बटुलेका छन्।

प्रकाशित मिति: : 2023-09-10 10:42:00

प्रतिकृया दिनुहोस्