साउथ एशियन कराते प्रतियोगिता–२०८०को प्रतियोगितामा बझाङका सुदीप कठायतले नेपाललाई प्रथम स्थान दिलाएका छन्। भारतको चेन्नईमा सम्पन्न भएको कराते कपमा नेपालको तर्फबाट खेलेका कठायतले ५५ केजी तौलबाट प्रथम भएका हुन्।
जापान कराते डो कोशीकाई सितोरियो सङ्घबाट नेपालको प्रतिनिधित्व गरेका कठायतले साउथ एशियन कराते प्रतियोगितामा प्रथम स्थान हासिल गरे। १८ वर्षीय कठायतले फाइनल खेलमा ५५ केजी तौल समूहबाट प्रतिस्पर्धामा उत्रेको बङ्लादेशलाई हराए।
समूहको फाइनलमा प्रथम नेपाल, दोस्रो बङ्गलादेश र तेस्रो भारत भएका छन्। कठायत बझाङको मष्टा गाउँपालिका–२ बाडेगाउँको स्थायी निवासी हुन्।