नेकपा एसको केन्द्रीय सदस्यमा पराजुलीसहित २१ जना मनोनित

BreaknLinks
BreaknLinks

नेकपा एकीकृत समाजवादी (नेकपा एस)को केन्द्रीय सदस्यमा सुदेश पराजुलीसहित २१ जना मनोनित भएका छन्। 

भदौ ५ देखि ७ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले उनीहरुलाई केन्द्रीयमा मनोनति गरेको हो। 

केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा सहिद अजबहादुर मल्ल,ओमचरण अमात्य, गौतम राई, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई छन्। 

यस्तै जयप्रकाश यादव, दिपक केसी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मिना लामा, रामप्रसाद ढुङाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल, शैलेन्द्र उपाध्याय पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन्। 

पराजुलीलाई केन्द्रीय सदस्यसँगै विद्यार्थी फ्रयाक्सनको सह–इन्चार्जको जिम्मेवारी दिएको छ। एमाले विभाजनपछि पराजुलीको अध्यक्षतामा अनेरास्ववियू पुनर्गठन भएको थियो। 

भदौ १० गते पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूमा नयाँ नेतृत्व आएसँगै पराजुलीले विद्यार्थी राजनीतिबाट बिदा लिएका थिए।

 

प्रकाशित मिति: : 2023-09-14 16:12:00

प्रतिकृया दिनुहोस्