सुन तस्करी प्रकरण: २९ जनाविरुद्ध मुद्दा दायर

एकसट्ठी किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले आज २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अध्ययन प्रतिवेदनअनुुसार मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिएका छन्।

अभियोगपत्रमा २९ जनालाई प्रतिवादी बनाउन माग गरिएको छ। मुद्दामा रु तीन अर्ब ५० करोड ३० लाख ९१ हजार बिगो दाबी गरिएको छ।

प्रकाशित मिति: : 2023-09-17 20:44:00

प्रतिकृया दिनुहोस्