राष्ट्रिय दलित आयोगले राष्ट्रपतिसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ।
आयोगका अध्यक्ष देवराज विश्वकर्मासहित पदाधिकारीहरुले शुक्रबार शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको तर्फबाट वार्षिक प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिंगका समस्या समाधानतर्फ सबैको ध्यान्केन्द्रित हुनुपर्ने बताए। राष्ट्रपति पौडेलले राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्न सके सबैका समस्या समाधान हुने बताए।
आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन्। संविधानको धारा २९४ को उपधारा १ को व्यवस्था बमोजिम आयोगले शुक्रबार राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेको आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले बताए।