कसरी आगलागि भयाे थाह नै पाउन सकिएकाे छैन: सिडियाे थापा 

मुगुकाे सदरमुकाम गमगढीमा लागेकाे भिषण आगलागीकाे कारण पत्ता लाग्न सकेकाे छैन। आगलागी के कति कारणले भयाे एकिन थाहा पाउन नसकिएको मुगुका प्रमुख जिल्ला अधिकारी माेहन बहादुर थापाले बताएका छन्।

तल्लो बजार कालीकामाली मन्दिर मुनिपट्टी आगलागी हुँदा ६  घर एक घुम्ती र ९  वटा पसल गोदाम जलेर पुर्ण रुपमा नष्ट भएका छन्। शुक्रबार राती अन्दाजी १२ तिर  बजे   आगलागी हुँदा   ८ घर र  ९ वटा पसल जलेर  पुर्ण रुपले नष्ट भएका हुन्।

आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ्ग ऎडि, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल,  प्रदिप रावल र पुतली शाहीको घर जलेका हुन्।

जलेका पसलहरुमा महम्म्त साकिर कवडिया टेलर्ष, साजन सल्मानीहेयर  कटिङ, सेर बहादुर मल्लको मोवाइल पसल, रुपदेवी बुढा तरकारी पसल,उद्दिम भाम होटेल,पिआर मल्ल फेन्सी पसल,लक्ष्मी मल्ल होटेल, नरेश शाही कम्प्युटर पसल र पुर्णा लक्ष्मी मल्लको  ग्यास  सिलिण्डर गोदाम रहेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिएका छ्न्। आगो  कसरी लाग्यो भन्ने कुराको जानकारी प्राप्त हुन सकेको छैन भने क्षतिको एकिन विवरण आउन बाँकि  रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2023-09-23 08:54:00

प्रतिकृया दिनुहोस्