विनोद चौधरीको चाउचाउ कम्पनीमा ‘भारतीय आइटीको छापा’ (भिडियोसहित)

बिएल संवाददाता

नयाँदिल्ली

विवादास्पद ‘व्यापारी–सांसद’ विनोद चौधरीको भारतस्थित तीनवटा ‘चाउचाउ कम्पनी’मा आयकर विभागले छापा मारेको छ।

चौधरीको ‘सीजी कर्प ग्लोवल’ले कर छलेको आशंकामा जयपुर, दौसा र सीकरमा भारतीय आइटीले छापा मारेको अधिकारीहरूले जनाएका छन्।

भारतीय मिडियाका अनुसार मंगलबार दिउँसो चौधरीको चाउचाउ कम्पनीमा छापा मारेर आवश्यक कागजात लगिएको छ।

‘राजस्थानी मूलका नेपाली डलर अर्बपति चौधरीको कम्पनीमा छापा मारिएको छ,’ भारतीय मिडियाले भन्यो।

भारतीय आइटीले जयपुरको तख्तेशाही रोड, वैशालीस्थित हनुमान नगर र संस्कार स्कूलनजिकै रहेको खेतान हाउसमा छापा मारेको अधिकारीहरूले दाबी गरेका छन्।

प्रकाशित मिति: : 2023-09-27 11:14:00

प्रतिकृया दिनुहोस्