प्रहरीकाे घेरा ताेडेर संसद भवनतर्फ लम्किए शिक्षकहरु (तस्बिरहरू)

आन्दोलनरत राहतका शिक्षकहरूले बिजुलीबजारबाट प्रहरीकाे बार ताेडेर नयाँ बानेश्वरतर्फ लागेका छन्।

विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै आन्दोलन जारी राखेका शिक्षकहरूलाई प्रहरीले बिजुलीबजार पुलमै राेकेकाे थियाे। तर उनीहरूले ‘शिक्षक आयाे बाटाे छाड’ भन्दै प्रहरी घेरा ताेडेर नयाँ बानेश्वरतर्फ हिँडेका हुन्।

साेही क्रममा प्रहरीले केही शिक्षकहरूलाई पक्राउसमेत गरेकाे छ।

प्रकाशित मिति: : 2023-09-27 13:21:00

प्रतिकृया दिनुहोस्