युएस-नेपाल क्लाइम्बर्स एसोसियसनमा आर्थिक पारदर्शीता नभएको आरोप, दुई जनाले दिए राजीनामा

संस्थामा आर्थिक पारदर्शीता नभएको भन्दै युएस नेपाल क्लाइम्बर्स एसोसिएसनको आजीवन सदस्यता पदबाट दुई जनाले राजीनामा दिएका छन्।

संस्थाका पूर्वउपाध्यक्ष तथा सल्लाकार गेल्बू शेर्पा तथा संस्थाका पूर्वसल्लाकार आजीवन सदस्य अन्तरराष्ट्रिय माउन्टेन गाइड नवाङ निमा शेर्पाले राजीनिमा दिएका हुन्।

संस्थाका पदाधिकारीहरुलाई बारम्बार जानकारी गराउँदा पनि संस्थाको आय/व्यय खर्च विवरण पेश नगरको, केही ब्यक्तिको स्वार्थलाई प्राथमिकतामा राखेर विधान संशोधन गरेको, आजीवन सदस्यको हकहीतलाई ध्यान नदिएको आरोप उनीहरुले लगाएका छन्।

संस्थालाई केही सीमित ब्यक्तिको क्लबजस्तो बनाएर आर्थिक विचलन कायम गरेको सल्लाकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नेपाल नेशनल माउण्टेन गाइडका सस्थापक सदस्य तथा एनएमआइएका प्रशिक्षकसमेत रहेका क्लाइम्बर्स एसोसियसनका पूर्वउपाध्यक्ष गेल्बु शेर्पाले संस्थामा आर्थिक अपादर्शीताका कारण आफूहरुले राजीनामा दिएको बताए।

त्यसैगरी संस्थामा केही ब्यक्तिको स्वार्थ र आर्थिक अपचलनका कारण आफूहरुको छविमा पनि आच आउने भएकाले आजीवन सदस्यसमेत नरहने गरी राजीनामा दिएको अर्का पूर्वसल्लाकार नवाङ शेर्पाले जनाए।

प्रकाशित मिति: : 2023-09-30 07:46:00

प्रतिकृया दिनुहोस्