हिमामा नि:शुल्क आँखा शिविर

वर्षमा दुई पटक नि:शुल्क आँखा शिविर संचालन गर्दै आएकाे जुम्लाकाे हिमा गाउँपालिकाले याे वर्ष पनि निरन्तरता दिएकाे छ। साेमबारदेखि हिमामा तीन दिने माेतीबिन्दुसम्बन्धी नि:शुल्क शल्यक्रिया शिविर सुरु भएकाे हाे।

गाउँपालिकाबासीलाई घर नजिकै आँखा उपचार गराउने उद्देश्यले कालीकाखेतुस्थित प्रथामिक स्वास्थ्य केन्द्रमा शिविर सुरु भएकाे हाे। साेमरबाट सुरु भएकाे शिविर बुधबार सकिने हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए।

'शिविर हिमामा संचालन भए पनि सिंजा क्षेत्रका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका एक सय नागरिकले  राहत पाउनेछन्,' उनले भने।

शिविरमा एक सय जनाकाे स्किनिङ गरिएकाे र पहिलाे दिन जाँच गरि दाेस्राे र तेस्राे दिन शल्यक्रिया गरिने हिमाका स्वास्थ्य शाखा संयाेजक रतनबहादुर रावतले बताए।

उनले भने, '९५ जनाकाे आँखा जाँच गरिएकमा ३५ जनाकाे शल्यायाक्रिया गर्नुपर्ने भएकाे छ।'

हिमालयन आँखा अस्पताल पाेखराकाे सहयाेग र पालिकाकाे आयाेजनामा वर्षकाे २ पटक नि:शुल्क आँखा शिविर चलाउँदै अध्यक्ष शाहीले आएकाे बताए।

'उमेर र धुलाे धुँवाका कारण जुम्लामा आँखाका विरामी धेरै हुन्छन्। आर्थिक अभावले महंगा अस्पताल गएर जचाउन सम्भव छैन्,' उनले भने, 'यी समस्यालाई ध्यानमा राखी पालिकामै शिविरकाे नियमित रुपमा शिविर आयाेजना गरिरहेका छाैं। यसबाट बुढापाकाले राहत पाउने आशा छ।'

गाउँमै माेतीबिन्दुकाे शल्यक्रिया सेवा पाउँदा साह्रै खुसी लागेकाे हिमाका ८० वर्षीया मुनवीरनाथ याेगीले बताए।

'आँखा देख्न छाेड्यकाे मस्तै भैगाे। सुर्खेत, नेपालन्ज गइकन उपचार गराउने हामीसँग पैसा हुँदैनन्,' उनले भने, 'गाउँमै आँखा उपचार भएपछि असाध्यै खुसी लागेकाे छ। अहिले बुढाखाडाका लागि स्वास्थ्य सेवा राम्मै छ।'

हिमालय आँखा अस्पतालबाट शिविर प्रमुख शुवास नेपालकाे नेतृत्वमा आँखा विशषज्ञ डाक्टरकाे टाेली हिमा पुगेर उपचार थालेकाे छ।

प्रकाशित मिति: : 2023-10-03 08:44:00

प्रतिकृया दिनुहोस्