भारतविरुद्ध साेचेजस्ताे खेल्न सकिएन- कप्तान पाैडेल

नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान राेहितकुमार पाैडेलले एसियन खेलकुदमा भारतविरुद्ध साेचेजस्ताे प्रदर्शन गर्न नसेकाे बताएका छन्।

क्वाटरफाइनलमा भारतसँग पराजित भएसँगै प्रतियाेगिताबाट बाहिरिएर बिहीबार स्वदेश फर्किएका पाैडेलले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै यस्ताे बताएका हुन्।

उनले भारतविरुद्धकाे खेलकाे अन्तिम ओभरमा राम्राे फिल्डिङ गर्न नसक्दा खेल साेचेअनुसार नभएकाे उल्लेख गरे।

त्यस्तै कप्तान पाैडेलले दीपेन्द्रसिंह ऐरी र सुन्दीप जाेरा क्रिजमा रहँदा नेपालले जित्ने विश्वास लिएकाे भए पनि त्यसपछिकाे ब्याटिङ साेचेअनुसार नभएकाे बताए।

साथै उनले मंगाेलियाविरुद्धकाे खेलमा आफ्नाे टाेलीले अनेकाैँ कीर्तिमानी कायम गर्न सफल भएकाेमा खुसी व्यक्त गरे।

प्रकाशित मिति: : 2023-10-05 14:05:00

प्रतिकृया दिनुहोस्