अफगानिस्तानलाई ६ विकेटले हराउँदै बंगलादेशको विजयी सुरुवात

भारतमा भइरहेको आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानलाई ६ विकेटले हराउँदै बंगलादेशको विजयी सुरुआत गरेको छ। 

भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा टस हारेपछि अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ३७ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो। अफगानिस्तानका लागि रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए।

यस्तै इब्राहिम जरदानले २२, अजमातुल्लाह ओमाराजीले २२, रहमत शाहले १८ तथा कप्तान हसमतुल्लाह शाहिदीले १८ रन बनाए। बलिङतर्फ बङ्गलादेशका शकिब उल हसन र मेहदी हसनले समान तीनरतीन विकेट लिए।

यता, जवाफी ब्याटिङ गरेको बंगलादेशका लागि नजमुल होसेन सान्तोले नटआउट रहँदै ५९ रन बनाए। अफगानिस्तानका लागि फजलहक फारुकी, नवीन उल हक र अज्मतुल्लाह ओमाराजीले १–१ विकेट लिए।

प्रकाशित मिति: : 2023-10-07 16:52:00

प्रतिकृया दिनुहोस्