विश्वकप क्रिकेटः इङ्ल्याण्डसँग बंगलादेश १३७ रनले पराजित

एकदिवसीय विश्‍वकप क्रिकेटमा बंगलादेश इङ्ल्यान्डसँग १३७ रनले पराजित भएको छ। इङ्ल्याण्ड साविक विजेता पनि हो।

भारतको हिमाञ्चल प्रदेशको धर्मशाला क्रिकेट स्टेडियमा टस जितेर पहिला बयाटिङ गरेको इङ्ल्याण्ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३६४ रन बनाएको थियो। 

बंगलादेशविरुद्ध जो रूटले ८२ रन बनाए। ओपनर जोनी बेयरस्टोले५२ रन जोडे। कप्तान जस बटलर २०, ह्यारी ब्रुक २० रन बनाए। 

बंगलादेशको लागि मेहन्दी हशनले सर्वाधिक ४ विकेट लिए भने शोरिफुल इस्लामले ३ तथा तास्किन अहमद र सकिब अल हसनले एक–एक विकेट लिए।

इङ्ल्याण्डले दिएको ३६५ रनको लक्ष्य पच्छ्याएको बंगलादेशले ४८‍.२ ओभरमा २२७ रनमात्रै बनायो।  

बंगलादेशका लागि लिटन दासले सर्वाधिक ७६ रन बनाए। मुस्फिकुर रहिमले ५१ रनको अर्धशतकीय पारि खेले। 

इंग्ल्याण्डका रेस टोप्लेले सर्वाधिक ४ विकेट लिए।

प्रकाशित मिति: : 2023-10-10 19:21:00

प्रतिकृया दिनुहोस्