दक्षिण अफ्रिकाले जारी आईसिसि विश्वकपमा अष्ट्रेलियामाथि सानदार जीत हासिल गरेकाे छ।
अष्ट्रेलियामाथि दक्षिण अफ्रिकाले १३४ रनकाे जीत हासिल गरेकाे हाे। जारी विश्वकपमा दक्षिण अफ्रिकाकाे याे लगातार दोश्रो जित हाे, भने अष्ट्रेलियाकाे याे दोश्रो हार हाे।
बिहिबार ३१२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४०.५ ओभरमा अल आउट हुँदै १७७ रनमा सीमित हुन पुग्यो।
अस्ट्रेलियाका लागि मार्नुस लाबुसचेन्जले सर्वाधिक ४८ रन बनाए। मिचेल स्टार्क २७, प्याट कमिन्स २२, स्टिभ स्मिथ १९ रन खर्चिये। यता, दक्षिण अफ्रिकाकाे लागि
कागिसो रबाडाले ३ विकेट लिए।, मार्को जसेन, केशव महाराज, तबराज साम्सीले समान दुई–दुई विकेट भने लुङ्गी एनगिडीले एक विकेट लिए।
त्यअघि टस हारेर पहिला ब्याटिङ गरेकाे दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३११ रन बनाएकाे थियाे। दक्षिण अफ्रिकाकाे लागि क्विन्टन डीककले १०६ रन बनाएर खेले। तेस्तै कप्तान तेम्बा बाभुमा ३५, हेन्रिच क्लासेन २९ रन खर्चिये।
उता, अष्ट्रेलियाकाे लागि मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले समान दुई–दुई विकेट लिए भने जोस हज्लेवुड, प्याट कमिन्स र एडम जाम्पाले समान एक-एक विकेट लिए।