दसैँमा सधैँ टिकटकाे सास्ती: पाइनै छाड्याे अग्रिम टिकट (फोटो/भिडियो)

हिन्दु नेपालीहरुको महान पर्व दसैँको अवसरमा राजधानी काठमाडौँ छाड्नेको भिड हुन्छ। वर्षदिनभर घरमा भेटघाट गर्न नपाए नागरिकहरु दसैँमा घर पुग्ने गर्छन्।

दसैँ उमंगको पर्व हो। ठुलाबाट आर्शिवाद लिने पर्व हो। यस पर्वका अवसरमा सरकारले पनि सार्वजनिक विदा दिने गरेको छ। 

दसैंँको समयमा घर राजधानी छाड्ने धेरै हुन्छन् भनेर सरकारले अग्रिम टिकटको बुकिङ खुला गर्छ। यस वर्ष पनि सरकारले अग्रिम टिकटको बुकिङ असोज २२ गतेदेखि खुलेको थियो।

तर टिकट पाउन मुस्किल भएको नागरिकको गुनासो छ। विशेष गरेर सुदूरपश्चिमका जिल्लामा जानका लागि अग्रिम टिकट पाउन मुस्किल भएपछि कञ्चनपुरसम्म पुग्ने नागरिक नेपालगञ्जसम्म जान बाध्य छन्।


दसैँका मुखमा राजमार्गका सडकहरू टालटुल पार्दै सरकार


यो सास्ती सधैँको हो। हरेक वर्ष राजधानी छाड्ने नागरिकले टिकट नपाउने समस्या भोग्दै आइरहेका छन्।

फोटो/भिडियो: मन्दिरा अधिकारी

प्रकाशित मिति: : 2023-10-13 15:45:00

प्रतिकृया दिनुहोस्