एसीसी यू-१९ प्रिमियर कप: बहराइमाथि नेपालको सानदार जित

एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनमाथि ७ विकेटको जित हात पारेको छ।

नेपालको यो लगातार दोस्रो जित हो। आइतबार मलेसियामा टस जितेर पहिलाे ब्याटिङ गरेको बहराइनले ३७.५ ओभरमा अलआउट हुँदै जम्मा ७७ रन बनायो।

मलेसियाको माथिल्लो तिनै ब्याटरले एक पनि अंक जोड्न नसकी पेभिलियन फर्किएका थिए। चौथो नम्बरमा क्रिजमा आएका मुहम्मद बासिल अब्दुल हकिमले सर्वाधिक ३४ रन बनाए।

त्यस्तै, आयान ओबाइद सैयदले तीन रन बनाएर आउट भए भने साई सार्थक बादिराजु पनि दुई रन बनाएर आउट भए। यता, नेपालका लागि दिपेश कँडेलले ६ विकेट लिए भने दुर्गेशले चार विकेट लिए।

यता, जवाफी ब्याटिङमा आएको नेपाल बहराइनरले दिएको लक्ष्य पछाउँदै ११.४ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।  ओपनर ब्याट्सम्यान दिपक बोहराले तीन बलमा एचार रन बनाएर अाउट भए। तेस्रो नम्बरमा क्रिजमा आएका उत्तम थापामगर भने शून्य रनमै पेभेलियन फर्किए। दिपक डुम्रे पनि एक रनभन्दा अगाडि बढ्न सकेनन्। अविजित रहँदै देव खनाल र अर्जुन कुमालले समान ३२ रन बनाएर खेले।

नेपालले अन्तिम खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: : 2023-10-15 12:08:00

प्रतिकृया दिनुहोस्