इंग्ल्यान्डमाथि अफगानिस्तानको जित

आईसीसी विश्वकप क्रिकेटमा साबिक विजेता इंग्ल्यान्ड अफगानिस्तानसँग पराजित भएकाे छ।

आइतबार अफगानिस्तानले दिएकाे २८५ रनकाे लक्ष्य पछाएकाे इंग्ल्यान्डले ४०.३ ओभरमा २१५ रन बनायाे। इंग्ल्यान्ड अफगानिस्तानसँग ६९ रनले पराजित हुन पुग्यो। इंग्ल्यान्डकाे लागि ह्यारी ब्रुकले सर्वाधिक ६६ रन बनाए। त्यस्तै डेविड मलानले ३२ रन बनाए भने आदिल रसिदले २० रन बनाए। मार्क वुडले १८ रन तथा रिस टोपलेले १५ रन बनाएर आउट भए।

अफगानिस्तानकाे लागि मुजिब उर रहमान र रसिद खानले समान ३–३ विकेट लिए भने मोहमद नाबीले २ विकेट लिए।

तेसअघि पहिला ब्याटिङ गरेकाे अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर २८४ रन बनाएकाे थियाे। अफगानिस्तानकाे लागि रहमानुल्लाह गुरुबाजले ८० रन बनाए। तेस्तै इक्रम अलिखिलले पाली ५८ रन बनाएर आउट भए भने रसिद खानले २३ तथा मुजिब उर रहमानले २८ रन बनाए।

उता इंग्ल्यान्डकाे लागि आदिल रसिदले ३ विकेट लिए भने मार्क वुडले २ विकेट लिए।

प्रकाशित मिति: : 2023-10-15 22:46:00

प्रतिकृया दिनुहोस्