नेपालमा ‘मध्यम खालको भोकमरी’ तर अवस्था भारतको भन्दा राम्रो

बिबिसी

काठमाडौं

विश्वव्यापी भोकमरीबारे जानकारी दिने एउटा अन्तर्राष्ट्रिय प्रतिवेदन अनुसार नेपालको अवस्था सुधारोन्मुख र दक्षिण एशियामा भारत, पाकिस्तान तथा बाङ्ग्लादेशभन्दा राम्रो देखिएको छ।

गत साता सार्वजनिक भएको उक्त प्रतिवेदन अनुसार नेपाल अहिले ‘मध्यम खालको भोकमरी’ रहेको देशको सूचीमा रहेको छ।

दक्षिण एशियाका श्रीलङ्का, नेपाल र बाङ्ग्लादेश ‘मध्यम खालको भोकमरी’ भएका देशको सूचीमा छन्।

भारत, पाकिस्तान र अफगानिस्तान चाहिँ ‘गम्भीर खालको भोकमरी’ भएका देशका रूपमा रहेका छन्।

माल्दिभ्स र भूटानको तथ्याङ्क प्राप्त नभएको भन्दै प्रतिवेदनमा विवरण समेटिएको छैन।

प्रकाशित मिति: : 2023-10-16 10:43:00

प्रतिकृया दिनुहोस्