नेपाल र हङकङ भिड्दै

त्रिदेशीय टि– २० सिरिज अन्तर्गत आज (बिहीबार) नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान ११ बजेदखि मूलपानी रंगशालाकाे माथिल्लाे मैदानमा हुँदैछ।

जारी सिरिजमा याे नेपालकाे दाेस्राे खेल हाे। यसअघि नेपालले पहिलाे खेलमा हिजाे (बुधबार) युएईसँग प्रतिस्पर्धा गरेकाे थियाे।

बिहीबार युएईमाथि ७ विकेटकाे जित निकाल्दै सान्दार सुरुवात गरेकाे नेपाल दाेस्राे खेलमा पनि हङकङलाई हराउने लक्ष्यसहित मैदान उत्रिनेछ।

हालसम्म नेपाल र हङकङबीच टि- २० र टि- २०आई गरी ७ पटक प्रतिस्पर्धा भएकाे छ। जसमा नेपाल चार खेलमा विजयी हुँदा हङकङले तीन खेल जितेको छ।

आइसीसी टि– २० विश्वकप एसिया छनोटको तयारी स्वरुप आयोजना गरिएको सिरिजका खेल काठमाडौँस्थित मूलपानी र त्रिवि क्रिकेट रंगशालामा हुनेछ।

फाइनल खेल कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे हुनेछ।

प्रकाशित मिति: : 2023-10-19 07:59:00

प्रतिकृया दिनुहोस्