त्रिकाेणात्मक टि- २० सिरिज: आज हङकङसँग प्रतिस्पर्धा गर्दै नेपाल

त्रिकाेणात्मक टि- २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज (शनिबार) नेपाल हङहङसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र हङकङबीचकाे खेल बिहान ११ बजे मूलपानी क्रिकेट रंगशालमा हुँदैछ।

जारी सिरिजमा नेपाल र हङकङबीचकाे याे दाेस्राे प्रतिस्पर्धा हाे। यसअघि नेपालले हङकङलाई ६ विकेटले हराएकाे थियाे।

उच्च लयमा रहेकाे नेपाली राष्ट्रिय टाेली आज हङकङलाई पराजित गर्दै लगातार तेस्राे जित निकाल्न चाहन्छ।

टि- २० विश्वकप अन्तर्गत एसिया छनाेटकाे तयारी स्वरुप नेपाल क्रिकेट संघ (क्यान)ले आयाेजना गरेकाे सिरिजकाे फाइनल कात्तिक १० गते हुनेछ।

नेपालले आज हङकङलाई पराजित गरे एक खेल अगावै फाइनलमा पुग्नेछ।

सिरिजमा नेपाल, युएई र हङकङ समावेश छन्।

 

प्रकाशित मिति: : 2023-10-21 06:53:00

प्रतिकृया दिनुहोस्