युएईले नेपाललाई १६५ रनकाे लक्ष्य दियाे

त्रिकाेणात्मक टि- २० अन्तर्राष्ट्रिय सिरिज अन्तगर्तकाे खेलमा युएईले नेपाललाई १ सय ६५ रनकाे लक्ष्य दिएकाे छ।

सोमबार काठमाडाैँस्थित मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायाे।

युएईका दुई खेलाडीले ४५/४५ रन बनाए पनि नेपाली बलरले उनीहरुलाई अर्धशतक प्रहार गर्न नदिएरै पेभिलियन फर्काइदिए।

युएईका वृत्यु अरबन्द र बसिल हमिदले ४५–४५ रन प्रहार गरे।

त्यस्तै यएईका कप्तान माेहमद वासिमले मात्र ८ रन बनाए।

त्यस्तै अशिफ खान १८ रन बनाएर आउट हुन पुगे। युएईका अलिशान शराफू ९ रनआउट हुन पुगे।

नेपालका लागि सोमपाल कामी र अविनाश बोहाेरले समान २-२ विकेट लिए। भने, गुलशन झा र करण केसीले १-१ विकेट लिए।

अब नेपालले जवाफी ब्याटिङ गर्ने छ।

जारी सिरिजमा नेपाल अपराजित टाेली हाे।

प्रकाशित मिति: : 2023-10-23 12:35:00

प्रतिकृया दिनुहोस्