त्रिदेशीय टी–२० शृंखलाअन्तर्गत जारी फाइनल खेलमा नेपालले युएईलाई १६३ रनको लक्ष्य दिएको छ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनायो।
नेपालका ओपनर ब्याटसम्यान कुशल भुर्तेल सर्वाधिक ५० रन बनाएर आउट भए। उनले २८ बलमा ३ छक्का र ६ चौका प्रहार गरे।
त्यस्तै, नेपालका अर्को ओपनर अशिफ शेख १२ बलमा ७ रन बनाएर पेभिलियन फर्किए।
यता, तेस्रो नम्बरमा क्रिजमा आएका अलराउन्डर कुशल मल्ल एक रन बनाएर आउट हुन पुगे।
नेपालका कप्तान रोहित पौडेल १७ बलमा १८ रन बनाएर आउट भए। दीपेन्द्रसिंह ऐरी १५ बलमा २० रन बनाएर पेभिलियन फर्किए।
त्यस्तै, सन्दीप जोरा १० बलमा १० रन बनाएर आउट भए भने गुलशन झा ८ बलमा ५ रन बनाएर आउट भए। सोमपाल कामी ८ बलमा १३ रन बनाएर आउट भए।
यता, करण केसी र अविनाश बोहोरा नटआउट रहँदै खेले।
उता, युएईका लागि आयन खानले सर्वाधिक तीन विकेट लिए। अली नासिर,जहुर खाले, समान दुई–दुई विकेट लिए भने जुनैद सिद्धिकले एक विकेट लिए।