मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

आइसिसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ।  

मंगलबार त्रिवि विकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनायो।

मलेसिसयाका जुबादी जखिफले १६ बलमा २४ रन बनाएर पेभिलियन फर्किए। उनी अविनाश बोहाेरको बलमा कुशल मल्लबाट क्याच आउट भएका थिए। 

त्यस्तै, मलेसियाका कप्तान अहमद फैज ४ रन बनाएर रनआउट हुन पुगे। उनलाई नेपालका करण केसीले रनआउट गराएका हुन्। मलेसियाले तेस्राे विकेटको रूपमा विरन्दीप सिंहलाई गुमायाे। उनी नेपानलका लेग स्पिनर सन्दीप लामिछानेबाट आउट भए। मलेसियाका सरबीन मुनिन्डीलाई कप्तान रोहित कुमार पौडेलले आउट गरे। सरबीन १३ रन बनाएर आउट हुन पुगे।

त्यस्तै, सेड अजिज नेपालका  गुलशन झाको बलमा कुशल भुर्तेलबाट क्याच आउट पुगे। उनी सर्वाधिक ६८ रन बनाएर पेभिलियन फर्किए। यता, अइनु हाफिजलाई पनि गुलशन झाले नै रनआउट गराए। उनी ३ रन बनाएर आउट भए।

मलेसियाका मोहम्मद अमिरलाई नेपालका अविनाश बोहारले आउट गरे। अमिर ८ रन बनाएर पेभिलियन फर्किए। नेपालका अविनाश बोहाेराको बलमा मलेसियाको आठौँ विकेट गुमाउन पुग्यो। अविनाशले मलेसियाका स्याजरूल इदरूसलाई कुशल भुर्तेलबाट क्याच आउट गराए। स्याजरूल ७ रन बनाएर आउट हुन पुगे।

यता, नेपालको लागि अविनाश बोहाेराले सर्वाधिक चार विकेट लिए। सन्दीप लामिछाने, गुलशन झा र कप्तान रोहित पौडेलले समान एक-एक विकेट लिए।

प्रकाशित मिति: : 2023-10-31 14:53:00

प्रतिकृया दिनुहोस्