‘भाइहरू हो, आज मात्र क्रिकेट जितिदेऊ मेराे तर्फबाट ५० हजार’

गायक हेमन्त शर्माले नेपाली राष्ट्रिय क्रिकेट टाेलीलाई जितकाे शुभकामना दिँदै विजय भए पुरस्कार प्रदान गर्ने घाेषणा गरेका छन्। शर्माले सामाजिक सञ्जालमार्फत् नेपाली राष्ट्रिय क्रिकेट टाेलीले जितेमा ५० हजार पुरस्कार दिने घाेषणा गरेका छन्।

‘मन मात्र हो धन हैन है,’ उनले लेखेका छन्, ‘भाइहरू हो आज मात्र क्रिकेट जितिदेऊ।आज जितेऊ भने मेरोतर्फबाट रू ५०,०००।- सम्पूर्ण टिम नेपाललाई। एकपटकको खाजा खर्चै भए नि।’

नेपालले आज विश्वकप छनाेटकाे लागि मूलपानी क्रिकेट मैदानमा युएईसँग प्रतिस्पर्धा गर्दैछ।

विश्वकपमा पुग्न युएईसँग भिड्दै नेपाल

प्रकाशित मिति: : 2023-11-03 08:42:00

प्रतिकृया दिनुहोस्