नेपाललाई विश्वकपमा पुग्न १३५ रनकाे लक्ष्य

नेपाली राष्ट्रिय क्रिकेट टाेली आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी- २० विश्वकपमा पुग्न युएईबाट १३५ रनकाे लक्ष्य पाएकाे छ।

शुक्रबार मूलपानी क्रिकेट रंगशालामा नेपालविरुद्ध पहिले ब्याटिङ गरेकाे युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएकाे छ।

नेपालले युएईविरुद्ध सुरुवातदेखि नै कसिलाे बलिङ गर्‍याे। युएईका वृत्य अरविन्दले अर्धशतक प्रहार गरे। उनले ५१ बलमा ६४ रन प्रहार गरे।

नेपालका कुशल मल्लले ३ विकेट लिए। ३ ओभर बलिङ गरेका मल्लले ११ रन खर्चिए।

त्यस्तै सन्दीप लामिछानेले २ विकेट लिए। ४ ओभर गरेका उनले पनि मात्र १४ रन खर्चिए।

त्यसैगरी साेमपाल कामी र कप्तान राेहितकुमार पाैडेलले १-१ विकेट लिए।

नेपाल याे खेल जितेमा विश्वकपका लागि छनाेट हुनेछ।

प्रकाशित मिति: : 2023-11-03 12:40:00

प्रतिकृया दिनुहोस्