महिला क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको अलराउन्डर इन्दु बर्मालाई कप्तानको जिम्मेवारी दिएकाे छ। 

बिहिबार नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने टी-२० सिरिजको लागि टोली घोषणा गरेसँगै इन्दुलाई कप्तानको जिम्मेवारी दिइएको हो। 

त्यस्तै टोलीको उपकप्तानको रुपमा क्यानले विन्दु रावललाई  जिम्मेवारी दिइएको छ। चार देश समिलित रहेको सो टी–२० सिरिजका लागि क्यानले १४ टोलीको घोषणा गरेको छ।

यस्ता छन् टाेली–

इन्दु बर्मा (कप्तान), विन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सिता रानामगर, अश्मिना कर्मचार्य, काजोल श्रेष्ठ, रोमा थापा, संगीता राई, सम्झना खड्का, खुसी डंगोल, पुजा महतो, कन्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन

प्रकाशित मिति: : 2023-11-09 17:30:00

प्रतिकृया दिनुहोस्