आफैंले सम्हालेको विश्वविद्यालय फुटाउँदै डा.माकजु

अन्नपूर्ण पोष्ट

सुरेन्द्र काफ्ले

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयमा यही कात्तिक १० गते ७३६ नम्बरमा एउटा पत्र दर्ता भयो। त्यो यस्तो पत्र हो, जसले नेपालको सर्वाधिक ख्यातिप्राप्त र राजनीति प्रवेश नगरिएको भनिएको काठमाडौं विश्वविद्यालयलाई फुटाउन चाहेको छ। र, त्यो चलखेल गरिरहेका छन्, उक्त विद्यालयको दुईपटक नेतृत्व गरेका डा. रामकण्ठ माकजुले। 

धुलिखेल अस्पतालका तर्फबाट अध्यक्ष बेलप्रसाद श्रेष्ठ र कामु कार्यकारी निर्देशक डा. रामबहादुर गुरुङले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘सम्पूर्ण प्रक्रिया पूरा गरी धुलिखेल मेडिकल विश्वविद्यालय (सामुदायिक विश्वविद्यालय) स्थापनाको स्वीकृति दिलाई पाउँ।’ जब कि धुलिखेल अस्पताल काठमाडौं विश्वविद्यालय अस्पतालका रूपमा सञ्चालन गर्न दुई संस्थाबीच ५० वर्षको सम्झौता भएको बल्ल २१ वर्ष पुग्दैछ। 

प्रकाशित मिति: : 2023-11-10 11:24:00

प्रतिकृया दिनुहोस्